नियम २७घ
कागजात धुल्याउन सक्ने

(१) शिक्षा मन्त्रालयले छात्रवृत्तिो लागि प्राप्त दरखास्त र सो साथ संलग्न कागजात तथा यो नियम प्रारम्भ हुनु अघि सञ्चालन गरिएका छात्रवृत्ति सम्बन्धी परीक्षासंग सम्बन्धित कागजातहरु योग्यताक्रम कायम भएको एक वर्षपछि प्रचलित कानून बमोजिम धुल्याउन सक्नेछ ।

(२) शिक्षा मन्त्रालयले स्वीकृतिपत्रको लागि नियम २७क. को उपनियम (१) बमोजिम निवेदकले पेश गरेका कागजात दुई वर्षपछि प्रचलित कानून बमोजिम धुल्याउन सक्नेछ । तर स्वीकृतिपत्रको विद्युतीय अभिलेख पाँच वर्षसम्म सुरक्षित राख्नु पर्नेछ ।